नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छः प्रम देउवा

डिसी नेपाल
३१ असार २०७८ १६:१७
24
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् । आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मंगलबार पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले सोही दिन सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.