सिंहदरवारमा सत्तारुढ गठबन्धनको बैठक जारी, माधव नेपाल सहभागी भएनन्
फाइल फाेटाे।
काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक सिंहदवारमा जारी छ। काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बैठकमा सहभागी छन्।
यसअघि विपक्षी गठबन्धनका रुपमा रहेको यो गठबन्धनमा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा सहभागी छैनन्। सर्वोच्चले प्रतिनिधिसभा विघटनलाई बदर र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको दिन गत सोमबार नै भएको तत्कालिन विपक्षी गठबन्धनको बैठकमै नेता नेपालले अब आफू यो गठबन्धनमा नरहने बताएका थिए।
सत्तारुढ गठबन्धनको बैठकमा सरकारका प्राथामिकता, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment