यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड
काठमाडौं। यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भएको छ। विक्री प्रबन्धक प्रभु क्यापिटलले विहीबार आईपीओको बाँडफाँड भएको जनाएको छ। संस्थाको आईपीओको नतिजा चार वटा वेबसाइटबाट हेर्न सकिनेछ ।
प्रभु क्यापिटलका अनुसार सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट, मेरो शेयरको मोबाइल एप, यूनियन लाइफ इन्स्योरेन्सको वेबसाइट र बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइटबाट नतिजा हेर्न सकिन्छ।
असार २४ गतेदेखि २८ गतेसम्म निष्काशन भएको प्राथमिक शेयरका लागि २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए। जसमध्ये बाँडफाँडका लागि २१ लाख १२ हजार ७९९ जना मात्रै योग्य भएका छन्। कम्पनीको आइपीओमा आवेदन दिनेमध्ये ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको छ।
सर्वसाधारण समुह तर्फको ६४ लाख ५० हजार कित्तामध्ये ५ प्रतिशत अर्थात तीन लाख २२ हजार ५०० कित्ता कर्मचारी र यतिनै बराबरको शेयर म्युचुअल फण्डलाई बाँडफाँड गरिएको छ ।
बाँकी रहेको ५८ लाख ५ हजार कित्ता आम सर्वसाधारणले प्राप्त गर्न सक्नेछन् । योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये भाग्यसाली ५ लाख ५८ हजार ५ सयले १०र१० कित्ता शेयर प्राप्त गर्न सक्ने छन् । बाँकि १५ लाख २७ हजार ७९९ जनाको हात खालि भएको छ।







डिसी नेपाल








Facebook Comment