बिहेको कार्यक्रम चलिरहँदा बेहुलीलाई सर्पले टोक्यो, डोली उठ्नुपर्ने अर्थी उठ्यो
काठमाडौं। बिहेको कार्यक्रम चलिरहँदा बेहुलीलाई सर्पले टोकेपछि बेहुलीको मृत्यु भएको छ । शुक्रबार जुन घरबाट बेहुलीको डोली उठ्नुपर्ने थियो त्यो घरबाट बिहीबार बेहुलीको अर्थी उठेको छ । भारतीय मिडियाका अनुसार भारतको झारखण्ड राज्यको धनबादमा २३ वर्षकी पुनम नामकी ती युवतीको बिहेको कार्यक्रम चलिरहेको थियो ।
भारतीय परम्पराअनुसार शुक्रबारको बिहेको लागि ‘हल्दी’को कार्यक्रम बिहीबार राती भयो त्यसपछि बेहुली सुत्न गइन् । कोठामा कहीँ विषलु सर्प थियो । सर्पले सुतेकी पुनमलाई टोक्यो । उनको केहीबेरमै मृत्यु भयो । सर्पले टोकेपछि पुनमले चिच्याएकी थिइन् । तत्कालै कोठामा पुगेका परिवारले उनलाई अस्पताल लिएर गएका थिए तर अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरे ।
स्थानीयका अनुसार वर्षाका कारण यस क्षेत्रमा सर्प घरमा आइरहन्छन् । सर्पले टोकेर यहाँ अरु पनि कैयौं मानिसहरुको मृत्यु भएको छ । पुनमको मृत्युपछि छरछिमेकीहरु पनि डराएका छन् । यस क्षेत्रमा सर्पदंशका घटनाहरु धेरै सार्वजनिक भइरहेका छन् । स्थानीय प्रशासनले जनतालाई सतर्क रहन अलर्ट जारी गरेको छ ।







डिसी नेपाल







Facebook Comment