लुम्बिनी प्रदेशको बजेट अध्यादेशबाट आयो
काठमाडौं। लामो रस्साकस्सी पछि लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ। शुक्रबार (आज) बिहान बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा अध्यादेशमार्फत बजेट ल्याउने निश्चित भएको आर्थिक मन्त्रालय स्रोतले जनाएको छ।
प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले २ वटा अध्यादेश जारी गरेपछि सरकारलाई अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको हो। सोही अध्यादेशमार्फत प्रदेश सरकारले बजेट ल्याउने जनाएको छ।
सदनमा पटक पटक विवाद हुँदै आए पछि प्रदेश सरकारले बिहीबार राती बजेट अधिवेशन अन्त्य गरेको थियो।
मन्त्रालयले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर यो विषयमा विस्तृत जानकारी दिने जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment