सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो
साताको अन्तिम काराेबारकाे दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ।
बिहीबार तोलाको ९३ हजार दुई सयमा कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भइरहेका महासंघले जनाएकोे छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment