कांग्रेस क्रियाशील छानबिन समितिले माग्यो थप ४ दिन
काठमाडौं। भदौमा १४ औँ महाधिवेशन गर्नै पर्ने संवैधानिक बाध्यता रहेको नेपाली कांग्रेसको सबैभन्दा पेचिलो र महत्वपूर्ण विषय कियाशील सदस्यता विवाद् कायमै रहेको छ। असार मसान्तसम्म सबै विवाद् अन्त्य गर्ने लक्ष्य सहित नेता रमेश लेखकको संयोजकत्वमा छानबिन भए पनि विवाद समाधान हुन नसक्दा क्रियाशील सदस्यता वितरण भएको छैन।
यसअघि असार ४ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकबाट २० गते भित्रसबै विवाद् टुङग्याएर सभापतिलाई बुझाउने मिति तय भएको थियो। तर साउन लागिसक्दा पनि छानबिनले पूर्णता पाउन सकेको छैन।
साउन १२ बाट वडा अधिवेशन गर्ने कार्यतालिका भए पनि प्रारम्भिक मतदाता क्रियाशील सदस्यहरुकै टुंगो नलागेकाले अधिवेशन प्रभावित हुने सम्भावना बढेको छ।
छानबिन समितिका सदस्य तथा प्रवक्ता प्रदीप पौडेलले असार मशान्तभित्र नै विवाद छानबिन गरिसक्ने योजना भए पनि केही थोरै बाँकी रहेकाले केही दिनको समय थप गर्नका लागि सभापति शेरबहादुर देउवाको समक्ष पत्र पठाइएको बताए।
‘लगभग धेरै ठाउँहरुमा समाधान भइसकेको छ। केही क्षेत्र र वडाहरुको विवाद् टुङ्ग्याउन बाँकी छ। विशेषतःअन्यदलहरुबाट समायोजन हुनुभएको सदस्य र केही वडा तहको आवश्यकभन्दा बढी सदस्यहरु विवाद् रहेको छ’, उनले भने।
पौडेलले अगाडि भने, ‘अब पदाधिकारीको बैठकले कियाशील विवाद् समाधानका लागि समय थप गर्यो भने ४ दिन जतिमा सकिन्छ। यही कुराले यो अधिवेशन प्रभावित हुँदैन कुरा मिलेन, १५ औँ महाधिवेशनमा प्रवेश पाउने गरी सार्वजानिक भएकै मितिमा अधिवेशन हुन्छ।’
काँग्रेस पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।







डिसी नेपाल








Facebook Comment