सेनाले परिवर्तन गर्‍यो आफ्नो संरचना

डिसी नेपाल
१ साउन २०७८ १८:०५
1.1k
Shares

काठमाडौं । नेपाली सेनाको सांगठनिक पुनःसंरचना आजदेखि कार्यान्वयन भएको छ ।

असार २४ गतेको मन्त्रीपरिषद्‍ बैठकले नेपाली सेनाको सांगठनिक पुनःसंरचना २०७७\७८ स्विकृत गरेको थियो । जसअनुसार काठमाडौं उपत्यका र सात प्रदेशमा रहेका जम्मा आठ पृतना आज खारेज भएका छन् । अब कोसी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काठमाडौं उपत्यकाका लागि एक गरी जम्मा चारवटा केन्द्रीय कमान्ड लागू हुनेछन् । यसलाई सेनाले तीन जोड एक केन्द्रीय कमान्ड भनेको छ ।

कोसी पूर्वलाई पूर्वी कमान्ड, काठमाडौं उपत्यकाबाहेक कोसी र गण्डकीबीचको भूभागलाई मध्यकमान्ड, काठमाडौं उपत्यकालाई उपत्यका कमान्ड र कर्णालीआसपासका भूभागलाई समेटेर पश्चिम कमान्डको संरचना तयार गरेको छ । सेनाको पृतना खारेज भए पनि बाँकी संरचना यथावत् छन् ।

आज जंगी अड्‍डामा एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाद्वारा कमाण्ड हेड क्वार्टरका कमाण्ड सेनापतिहरुलाई कमाण्ड झण्डा हस्तान्तरण गरेका छन्।

बलाधिकृत रथी प्रभुराम शर्मा लगायत जंगी अड्‍डा स्थित विभिन्न कार्यालयका रथी तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सम्बोधन गर्दै सेनापति थापाले कमाण्ड सेनापतिहरुलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् । साथै, सोही कार्यक्रममा सेनापति थापाले विशेष स्वरुपमा तयार गरिएको प्रधान सेनापति छडी समेत ग्रहण गरेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.