कोइराला परिवारका सदस्यहरुको भेटघाट बाक्लियो, सभापतिमा एउटै उमेदवार पठाउने गृहकार्य

डिसी नेपाल
२ साउन २०७८ १२:५४
288
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनको तयारी चलिरहेका बेला कोइराला परिवारबाट साझा उम्मेदवार तय गर्ने प्रयास भइरहेको छ। कोइराला परिवारबाट कांग्रेसको राजनीतिमा सक्रिय रहेका डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाको भेटघाट बाक्लिएको छ।

आज शशांक निवास महाराजगञ्जमा कोइराला परिवारका सदस्यहरुबीच छलफल भएको छ। सभापतिको दाबेदार समते रहेका विपीपुत्र डा शशांक कोइरालाले डा. शेखर कोइराला र सुजाता कोइरालालाई लञ्चमा बोलाएका थिए। तीनै जनाले सभापतिका आकांक्षी हुन्।

उपप्रधानमन्त्रीसहित सभापति देउवा नेतृत्वको सरकारमा सामेल हुने सुजाताको इच्छा रहेको चर्चा चलेपछि पार्टी महाधिवेशन र सरकारमा सहभागिताका विषयमा पनि आजको भेटमा छलफल भएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.