काँग्रेस संसदीय दलको बैठक आइतबार संसद् भवन नयाँबानेश्वरमा बस्ने

डिसी नेपाल
२ साउन २०७८ १४:०४
76
Shares

काठमाडाैं । नेपाली काँग्रेस संसदीय दलको बैठक साउन ३ गते दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक बैठक बस्न लागेको हो। सांसद डिला सङ्ग्रौलाले संसदीय दलको बैठक आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेकोजानकारी दिइन्।

विसं २०७४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलका रुपमा सदनमा भूमिका निर्वाह गर्दै आएको काँग्रेस गत साता सरकारको नेतृत्वमा पुगेपछि परिवर्तित परिस्थितिमा दल र सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा बैठकमा छलफल हुने बताइएको छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले सदनमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि छलफल हुने उनले बताइन्। आइतबार दिउँसो ४ बजे संसद् बैठकसमेत बोलाइएको छ । यसअघि बिहान १० बजे संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने जनाइएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.