आगलागीका घाइतेको उपचारका क्रममा मृत्यु

डिसी नेपाल
२ साउन २०७८ १५:१७
424
Shares

पाँचथर। आगलागीमा परी घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका फिदिम नगरपालिका–४ जोरसालका ४९ वर्षीय दीननाथ सापकोटाको गएराति मृत्यु भएको परिवारजनले जनाएका छन्।

बाबुको काजकिरियामा बसेका सापकोटा गत जेठ २४ गते राती आगलागी हुँदा घाइते भएका थिए। परिवारका अनुसार उनको उपचारका क्रममा झापाको मेची प्रादेशिक अस्पतालमा सापकोटाको गएराति मृत्यु भएको हो । आगलािगमा परी घाइते भएकी उनकी आमा ७२ वर्षीया चनमाया सापकोटाको भने गत जेठ २६ गते मृत्यु भएको थियो। दीननाथका बाबु भगीरथ सापकोटाको जेठ २४ गते मृत्यु भएको थियो।

भगीरथको मृत्युपछि काजकिरियाको सुरुआत गरेकै दिन राति आगलागी हुँदा किरियामा बसेका तीन जना घाइते भएका थिए। घाइतेमध्ये मृतक दीननाथका भाई मदन भने निको भइसकेको बताइएको छ । आगलागीमा घाइते तीनै जनालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल लगिएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.