१ बोतल ह्वीस्की १ करोड ६० लाख रुपैयाँमा बिक्री ! के छ यसको विशेषता ?

डिसी नेपाल
२ साउन २०७८ १५:५१
1.1k
Shares

काठमाडौं। हालै एक लिलामीमा ह्वीस्कीको एक बोतल १ लाख ३७ हजार डलर (१ करोड ६० लाख रुपैयाँ) मा बिक्री भएको छ । यो ह्वीस्कीलाई विश्वकै पुरानो ह्वीस्की मानिएको छ । यो २५० वर्ष पुरानो हो र यसलाई वास्तविक मूल्यभन्दा ६ गुणा अधिक मूल्यमा बिक्री गरियो ।

डेलीमेलमा प्रकाशित समाचारअनुसार ओल्ड इङलेड्यु ह्वीस्कीलाई १८६० को दशकमा बोतलबन्द गरिएको थियो । तर, यो बोतलभित्र भरिएको तरल पदार्थ १ शताब्दी पुरानो भएको मानिन्छ । यो ह्वीस्की त्यो समयका प्रसिद्ध फाइनान्सर जेपी मोर्गनको थियो । ह्वीस्कीको बोतलको पछाडिको लेबल अनुसार यो बर्बन शायद १८६५ भन्दा पहिले बनाइएको थियो । जो जेपी मोर्गनको बेसमेन्टमा थियो । मोर्गनको मृत्युपछि उनको सम्पत्तिमध्येमा यो भेटियो ।

यद्यपि विशेषज्ञहरु भने जृपी मोर्गनले १९०० को आसपासमा स्वयं बोतल किनेको मान्छन् । पछि उनले यो बोतल आफ्ना छोरालाई दिए । छोराले १९४२ र १९४४ को बीचमा यो बोतल दक्षिण क्यारोलिनाका गभर्नर जेम्स बार्यन्सलाई दिए । १९ औं शताब्दीको यो बोतल अब १ लाख ३७ हजार डलरमा बिक्यो ।

यसलाई जर्जियाको लेंग्रेजमा एक जनरल स्टोरमा बोतलबन्द गरिएको थियो । यस्तै किसिमका २ बोतल पूर्व राष्ट्रपति ह्यारी ट्रुम्यान र एफडिआरलाई दिइएको थियो । त्यसपछि यो दक्षिण क्यारोलिनाको पूर्व गभर्नरको हातमा आयो । १९५५ मा पद छोडेपछि पूर्व गभर्नर जेम्स बार्यन्सले आफ्ना मित्र तथा अंग्रेज नौसेनाका अधिकारी फ्रान्सिस ड्रेकलाई यो बोतल दिए । उनले तीन पिढीसम्म यो बोतल सम्हालेर राखे । अक्सन हाउस स्किनर इंकका अनुसार बोतलको मूल्य २० हजार डलरदेखि ४० हजार डलरसम्म पर्ने अनुमान गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *