माधव नेपाल र प्रचण्डबीच नेपालनिवासमा भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन्। नेता नेपाललाई भेट्न दाहाल शनिबार उनको निवास कोटेश्वर गएका हुन् ।
दुई शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
सर्वोच्चद्वारा पुनःस्थापित प्रतिनिधिसभाको बैठक आइतबार आह्वान गरिएको छ । सर्वोच्चले निवेदकहरुको माग अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसँगै देउवाले २९ असारमा जिम्मेवारी लिइसकेका छन् ।
देउवाले संविधान बमोजिम नियुक्त भएको एक महिनामा संसद्मा विश्वासको मत लिनु पर्ने छ । माओवादी केन्द्र, कांग्रेस, एमाले नेपाल समूह र जसपाको समर्थनमा देउवा प्रधानमन्त्री बनेका हुन् । काँग्रेस संसदिय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेता नेपालले गठबन्धनमा सहभागी नहुने बताएपनि उनी विभिन्न छलफलहरुमा सहभागी हुँदै आएका छन् । यसले गर्दा दाहाल र नेपालको यो भेटलाई चर्चाका साथ हेरिएको छ ।







डिसी नेपाल








Facebook Comment