थप १ हजार ८७५ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

डिसी नेपाल
२ साउन २०७८ १६:४२
216
Shares

काठमाडौं । गत २४ घण्टामा नेपालमा १ हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार १६४ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ८५८ पीसीआर परीक्षण गर्दा १ हजार ३१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार २०८ परीक्षण गर्दा ५६५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा २१ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.