मलेसियामा दैनिक मृतकको सङ्ख्या फेरि उच्च

डिसी नेपाल
२ साउन २०७८ २१:१९
60
Shares

क्वालालम्पुर । मलेसियामा कोरोनाभाइरसका कारण दैनिक मृत्यु भएकाहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या छ हजार ८६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले एक दिनमा १२ हजार ५२८ नयाँ सङ्क्रमित थपिएको पनि जानकारी दिए । मलेसियामा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या भने नौ लाख पाँच हजार ८५१ पुगेको पनि उनले बताए । उनका अनुसार मलेसियामा एक लाख १९ हजार ८१४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये केही गम्भीर अवस्थामा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *