माधव नेपालको सकस : संसद रोज्ने कि एमाले ?

डिसी नेपाल
३ साउन २०७८ ११:२८
1.5k
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने तयारी गरेपछि प्रमुख प्रतिपक्ष दल एमालेभित्र विवाद बढेको छ। विशेष गरी माधव नेपाल समूहले विश्वासको मत दिन्छ कि दिँदैन भन्ने विषय पेचिलो बन्दै गएको छ। यो विषयमा नेपाल समूहभित्रै असन्तुष्टि बढेको छ।

माधव नेपाल समूहबाट विवाद समाधानका लागि गठित वार्तामा टोलीमा रहेका सदस्य पार्टी एकताका लागि देउवा सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा छन्। तर अर्को समूह आफूहरुको अभियानले सफलता पाएको भन्दै देउवा सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा छन्।

‘हाम्रो अहिलेसम्मको अभियान संसद जोगाउने र संविधानको रक्षा गर्ने हो। अहिले हामीले विश्वासको मत नदिँदा संसद जोगिँदैन, त्यसैले हामी प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन्छौ,’ नेपाल समूका सांसद विरोध खतिवडाले भने।

तर कार्यदलका सदस्यहरुले भने पार्टी जोगाउनु पर्छ भन्दै नेता नेपाललाई विश्वासको मत नदिन आग्रह गरेका छन्। ‘हामी अहिले अनिर्णयको बन्दी भएका छौं, विश्वासको मत दिए पार्टी नरहने, विश्वासको मत नदिए ससद नरहने अवस्था छ,’ विघटित कार्यदलका एक सदस्यले डिसी नेपालसँग भने, ‘अहिलेसम्म कुनै निर्णय भएको छैन। संसद बैठकमा सहभागी भइयो भने त्यही निर्णय गरौंला।’

एमालेभित्रको विवाद समाधान गर्न गठित कार्यदलले दश बुँदे सहमति पार्टीमा बुझाएको छ। सो प्रतिवेदनलाई पार्टीले ग्रहण गर्दै कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ। यस्तो अवस्थामा देउवा सरकारलाई विश्वासको मत दिँदा पार्टी विभाजन हुने भन्दै नेता नेपाललाई पार्टी जोखाउने भूमिका खेल्न दोस्रो तहका नेताहरुले आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.