सुन चाँदीको मूल्य घट्यो
काठमाडौं। साताको पहिलो दिन आइतबार (आज) सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ। आइतबार सुन तोलामा ६ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि गत शुक्रबार सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार हुने छ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।
गत शुक्रबार प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment