दिल्लीबाटै झलनाथको अपीलः देउवाको समर्थनमा विश्वासको मत दिनुहोस्

डिसी नेपाल
३ साउन २०७८ १३:२२
1.3k
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने भएपछि एमाले तरंगित बनेको छ। यहीबीचमा भिारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचररत एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले देउवाको पक्षमा मतदान गर्न एमालेका सम्पूर्ण सांसदहरुलाई आग्रह गरेका छन्।

आइतबार एक वक्तव्य जारी गर्दै उनले कुनै आक्रोश र अलमलमा नपरी एमालेका सम्पूण सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न आग्रह गरेका छन्। उनले आफ्नो समर्थन पनि देउवालाई रहेको बताएका छन्।

खनालले लोकतान्त्रिक र संवैधानिक रक्षाका लागि भएका आन्दोलनका सहयोद्धा देउवा प्रधानमन्त्री बनेको भन्दै यो संसद जोगाउनु आवश्यक रहेको बताएका छन्। उनले सर्वोच्च अदालतको असार २८ गतेको फैसलालाई स्वागत गर्दै फैसलाविरुद्ध खिल्लु उडाएकोमा विरोध जनाएका छन्। उनले आफ्नो स्वस्थ्यमा सुधार हुँदै गएकोसमेत जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.