प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई कांग्रेसको ह्वीप
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्पीप जारी गरेको कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् ।
सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment