भीम रावलले राजीनामा दिँदा सुरेन्द्र पाण्डेले तानेपछि…

डिसी नेपाल
३ साउन २०७८ १६:४६
12.0k
Shares

काठमाडौं। नेकपा उपाध्यक्ष भीम रावलले आइतबार प्रतिनिधिसभा सदस्यबाट राजीनमा दिएका छन्। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन्।

पार्टीभित्र विद्रोह गर्दै आएका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताएपछि रावलसहितका नेपाल समूहका नेताले रोक्न खाजेका थिए। तर नेता नेपालले आफू एक्लै भएपनि देउवालाई विश्वासको मत दिने बताएपछि लामो समयदेखि जारी पार्टी एकताको प्रयास असफल हुने रावलले सांसद पदबाट राजीनामा दिएका हुन्।

रावल राजीनामा बुझाउन संसद भवन नयाँ बानेश्वर पुगेका थिए। त्यहाँ उनले आफ्नो राजीनामा पढेर सुनाउने क्रममा अर्का नेता सुरेन्द्र पाण्डेले रोक्न खोजेका थिए। तर आक्रामक देखिएका रावलले आफूलाई नरोक्न भन्दै झोक्किएका थिए।

रावलले आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताएका छन्।

राजीनामा दिन संसद सचिवालयमा पुगेका रावललाई अन्य नेताहरूले रोकेका कारण नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा राजीनामा पढेर सुनाएका छन्। रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.