संसदमा सपथ र रेलवेसहित १५ अध्यादेश प्रस्तुत

डिसी नेपाल
३ साउन २०७८ १७:३८
712
Shares

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा २०७८ मा जारी भएका १५ वटा अध्यादेश प्रस्तुत भएका छन् ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सपथ सम्बन्धी अध्यादेश २०७८ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् । प्रतिनिधिसभामा मन्त्री कार्कीले सरकारका तर्फबाट उक्त अध्यादेश प्रस्तुत गरेका हुन् ।

त्यस्तै मन्त्री कार्कीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको हैसियतमा रेलवे ऐन सम्बन्धी अध्यादेश समेत प्रस्तुत गरेका छन् । त्यसक्रममा उनले रेलवे सम्बन्धी कानुन अभावले सञ्चालनको तयारीमा रहेको रेल सेवा सञ्चालन गर्न समस्या भएकोले अध्यादेश ल्याउनुपरेको बताएका छन् ।

त्यस्तै मन्त्री कार्कीले स्वास्थ्यमन्त्रीका हैसियतमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी अध्यादेश, औषधी अध्यादेश र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश प्रस्तुत गरेका छन् ।

गृहमन्त्री बालकृष्ण खाँडले सामाजिक सुरक्षा अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) अध्यादेश र नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश प्रस्तुत गरेका छन् ।

यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्री कार्कीले बेपत्ता परिएका व्यक्तीको छानविन, सत्य निरुपन तथा मेलमिलाप आयोग अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कायविधीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश प्रस्तुत गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश पनि प्रस्तुत गरेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.