प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

डिसी नेपाल
३ साउन २०७८ १७:४९
360
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद विदुर पौडले, मोतिप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्णसिंह परियार, रत्नप्रसाद शर्मा र योगनारायण यादवको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।

पारित प्रस्तावमा संविधानसभा सदस्य मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का रबनी चौधरी, तप्तबहादुर विष्ट र पशुपति चौलागाँईको निधनप्रति दुःख व्यक्त गर्दै मौनधारणसहित श्रद्धाञ्जलि प्रकट गरिएको छ । सभाले शोकसन्तप्त परिवारजनप्रति अलगअलग शोक प्रस्ताव पारित गरी समवेदना व्यक्त गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगन गरिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.