संसदमा सर्वोच्चको फैसलामाथि एमालेको आक्रोश
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा सर्वोच्च अदालतले असार २८ मा प्रतिनिधिसभा विघटन बदर र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएकोमा संसदमा आक्रोश पोखेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन पेश गरेको प्रस्तावमाथि छलफल गर्दै एमाले सांसद प्रदीप ज्ञवालीले सर्वोच्चमाथि आक्रोश पोखेका हुन्। उनले संवैधानिक इजलासका प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीशहरुप्रति इंगित गर्दै देउवालाई श्रीमान ५ ले प्रधानमन्त्री नियुक्त गरेको टिप्पणी गरे। उनले देउवालाई जस्केलाबाट छिराएर प्रधानमन्त्री बनाइएको भन्दै बधाइ दिन पनि नसकिने बताए।
उनले सर्वोच्च अदालतले संविधान नै संशोधन गरेकोसमेत आरोप लगाए। उनले ओलीले राष्ट्रपति समक्ष सरकार बनाउने दावी गर्नु नै नमिल्ने व्याख्या गर्नुलाई संविधान संशोधन भएको बताए।
छलफलका क्रममा उनले आफूहरुले जनतामा जाँदा निरंकुशकताको आरोप लगाइएको भन्दै जनतामा जाने कुरा कसरी निरंकुश भयो भन्दै प्रश्न गरे।
छलफलका क्रममा ओली सरकारले गरेका कामको फेरहिस्त सुनाउँदै जनताले आफूहरुलाई सम्झिने ज्ञवालीले बताए। उनले धरहरा बनाएको, टोर्नाडो पीडितलाई घर बनाएको, विप्लवलाई शान्ति प्रक्रियामा ल्याएको, सिके राउतलाई शान्ति प्रक्रियामा ल्याएको, मेलम्चीको पानी ल्याएको लगायत विषयमा जनताले आफूहरुलाई सम्झिने बताए।
यो सरकारलाई समर्थन गर्न नसकिने भन्दै उनले सरकारलाई मेरिटका आधारमा समर्थन र विरोध हुने बताए।







डिसी नेपाल








Facebook Comment