रोटरी क्लब अफ काठमाडौं हाइटद्वारा फलफुल जङगलको अवधारणसहित बृक्षरोपण

डिसी नेपाल
३ साउन २०७८ २०:२५
128
Shares

काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हाइटले फलफुल जङगलको अवधारणसहित बृक्षरोपण गरेको छ ।

अगस्ट २०२० मा स्थापना भई सामाजिक कार्य प्रती दत्तचित्त लगाई सामाजिक क्षेत्रमा बिभिन्न कार्यहरु गर्दै आएको रोटरी क्लब अफ काठमाडौं हाईटद्वारा काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको फुलबारी अन्तर्गत पर्ने फलाँटे चौरमा एक बिशेष कार्यक्रम बिच ‘रोटरी छहारी’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा फलाँटे चौरको खाली जमिनमा बैस, तरबार फूल, कपूर, चुवा, कोइराल, काफल, जामुन, काब्रो, बर, रिठ्ठो, दर्शनपिपल, आरु, आरुबखडा, चेरीफूल, अमला, कालीज्यामिर, रामतुलसी, मेकाडेमिया नट, टिमुर, चाँप, जस्ताबिभिन्न फलफुल, आयुर्वेदिक, मसला तथा फूलहरुको बोट बिरुवा रोपिएको छ । साथै खानेपानीको मुहान सरसफाई पनि गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.