बालुवाटारमा पार्टीको वैठक नराख्न प्रधानमन्त्री देउवालाई थापाको आग्रह
काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छन्। आफूहरुले पार्टी सभापतिसमेत रहेका देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेको र त्यसलाई देउवाले स्वीकार गरेको थापाको भनाइ छ।
‘प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौँ,’ थापाले सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘उहाँले ‘पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो। तर जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न’ भन्ने विश्वास दिलाउनु भएको छ।’
प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँले’पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हाे,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न’भन्ने विश्वास दिलाउनु भएको छ।@DeubaSherbdr यो विश्वासलाई कायम राखिदिनु होला।
— Gagan Thapa (@thapagk) July 19, 2021
थापाले यो प्रतिवद्धता र विश्वासलाई कायम राखिदिन पनि देउवालाई आग्रह गरेका छन्। यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको बैठकदेखि मन्त्रिपरिषद बैठकसमेत बालुवाटारमै राखेकोमा आलोचना हुँदै आएको थियो।







डिसी नेपाल








Facebook Comment