तोलामा २ सय रुपैयाँ बढ्यो सुनको मूल्य

डिसी नेपाल
४ साउन २०७८ १३:०८
144
Shares

काठमाडौं। साताको दोस्रो दिन सोमबार सुनको मूल्य सामान्य बढेको छ। सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैँयामा कारोबार भएको थियो।

सोमबार तेजावी सुनको मूल्य ९२ हजार ३०० सय रुपैयाँ तोकिएको छ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ। चाँदी तोलामा ५ रुपैयाँ घटेको छ। सोमबार चाँदीको मूल्य प्रति तोला एक हजार २ सय ९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.