छिमेकीको ‘खोप कूटनीति’, भारतसँगको सम्बन्ध कसरी अगाडि बढ्ला ?
काठमाडौं। विश्वनै आक्रान्त बनेको कोरोना भाइरसबाट नेपाल पनि नराम्रोसँग प्रभावित हुँदा नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुस्त छ। र विश्वमै सबैभन्दा धेरै खोप उत्पादन गर्ने भारत हाम्रो दक्षिणी छिमेकी हो भने अथाह सामाथ्र्य भएको उत्तरी छिमेकी चीन छ।
यी दुई ठूलो अर्थतन्त्र भएका मुलुकको बीचमा रहेको नेपालको खोप अभियान सुस्त हुनुमा यी दुबै छिमेकीसँगको नेपालको कूटनीतिक सम्बन्ध पनि एक कारण हो। हालसम्म भारतले नेपाललाई १० लाख डोज अनुदान र १० लाख डोज किनेको खोप उपलब्ध गराएको छ भने चीनले १८ लाख डोज अनुदान दिइसकेको छ, १६ लाख डोज अनुदान दिने घोषणा गरेको छ। किनको ४० लाख मध्ये १० लाख डोज आइसकेको छ।
कोरोना महामारीबाट बच्ने एकमात्र उपाए खोप देखिरहेका बेला नेपालमा सरकार परिवर्तनपछि दुबै छिमेकीले बधाई दिँदा खोपलाई महत्व दिएका छन्। काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि बधाइ दिन निवासमै पुगेकी चिनियाँ राजदूत होउ यान्कीले चीनले थप १६ लाख डोज खोप अनुदान दिने घोषणा गरिन्।
सोमबार प्रधानमन्त्री देउवालाई फोन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिटै खोप उपलब्ध गराउने बाचा गरेको स्वयम देउवाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। भारतसँग उतारचढावपूर्ण सम्बन्ध रहे पनि ओली सरकारले भारतबाटै खोप ल्याउने रणनीति अनुसार भारतको खोप उत्पदाक कम्पनी सिरम इन्स्टिट्युटसँग खरिद सम्झौता गरेको थियो। र सो सम्झौता अनुसार पहिलो खेप १० लाख डोज डेलिभरी पनि भयो। तर, त्यसपछि भने सम्झौता अनुसारको बाँकी खोप उसले उपलब्ध गराएन। नेपाल सरकारले ताकेता गर्दा पनि सिरमले खोप उपलब्ध गराएन।
ओली सरकारका पालामा नेपाल र भारतबीचको सम्बन्ध उतारचढावपूर्ण रह्यो। त्सो त २०७२ मा नेपालले नयाँ संविधान जारी गरेपछि शुरु भएको उतारचढावपूर्ण सम्बन्ध नेपालले नयाँ नक्सा जारी गरेपछि झन खराब अवस्थामा पुगेको थियो। लामो समय दुई मुलुकबीच कूटनीतिक तहमासमेत वार्ता भएन। तर, गत वर्षदेखि नेपाल र भारतबीच सम्बन्ध सुधारको प्रयास दुबैतर्फबाट भए। यसबीचमा नेपालका तत्कालिन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमण भयो भने, भारतीय प्रधानमन्त्रीका दूत रअ प्रमुख सामन्तकुमार गोयल, विदेश सचिव र थलसेना प्रमुखको नेपाल भ्रमण भयो। भाजपाका विदेश विाग प्रमुखले पनि नेपालको भ्रमण गरे।
नक्सा प्रकरणपछि लिकभन्दा बाहिर गएको सम्बन्ध सुधारको प्रयास भइरहेका बेला भारतले नेपाललाई किनेको खोप पनि नदिनु भनेकोलाई राम्रो मान्न नसकिने भारतका लागि पूर्वराज दूत दीपकुमार उपाध्याय बताउँछन्। उनले डिसी नेपालसँग भने, ‘सरकारहरु परिवर्तन भइरहन्छन्। सरकार परिवर्तनले प्रभाव पार्नुपर्ने नेपाल–भारत सम्बन्ध होइन। यो पिपुल टू पिपुल सम्बन्ध भएका छिमेकी मुलुक हुन्। तर खोप जस्तो मानवीय विषयमा उसले सहयोग गर्न चाहेन।’ भारतले नेपाललाई प्राथामिकतामै नराखेको उनको टिप्पणी छ।

देउवा प्रधानमन्त्री बनेपछि भएको दुई देशका प्रधानमन्त्रीबीचको फोन वार्तामा खोपको विषयले प्रवेश पाएको छ। नेपालमा भारतीय कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलगायतले समयमै दोस्रो डोजको खोप लगाउन पाएनन्पा/एका छैनन्। भारतले नेपाललाई शुरुमा १० लाख डोज कोभिशिल्ड अनुदान दिएको थियो भने किनेको बाँकी १० लाख डोज आएको थियो। तर, त्यसपछि भारतले खोप सप्लाई नगर्दा एक डोजमै समय गुर्जानु परेको थियो। सोमबार देउवासँगको वार्तामा मोदीले खोप सप्लाई छिटै गरिने त बताएका छन् तर मिति भने तोकिएको छैन।
ओली सरकारका पालामा भारतसँग रहेको उतारचढावपूर्ण सम्बन्धलाई लिकमा ल्याउने देउवा सरकारको मूख्य लक्ष्य हुनेछ। प्रधानमन्त्री देउवाले आइतबार संसदलाई सम्बोधन गर्दै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्नु आफ्नो प्राथामिकता हुने बताएका थिए। उनले भनेका थिए, ‘छिमेकी बदल्न सकिँदैन। दुबै छिमेकीसँग राम्रो सम्बन्ध कायम गर्नु पहिलो प्राथामिकता हो। समब्नध राम्रो बनाउनु पर्छ। तर, हाम्रो राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्छ।’ देउवाले संसदमा सम्बोधनका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा पनि कोट्याएका थिए। उनले लिम्पियाधुराका विषयमा आफूलाई धेरै जानकारी रहेको भन्दै यी विषय पनि नेपालको हितमा उठाइने बताएका थिए।
देउवाले संसदमा भने जस्तो भारतसँगको सम्बन्धलाई लिकमा ल्याउन नेपालले कस्तो पलह गर्छ त्यो भने हेर्न बाँकी छ। पूर्वराज दूत उपाध्याय भन्छन्, ‘नेपाल भारतको प्राथमिकतामै छैन। तर हामीले हाम्रो छिमेक नीतिलाई स्पष्ट पार्नुपर्छ। उनीहरु (भारत)ले सोध्नछन् के चाहियो भनेर, हामीले स्पष्ट हाम्रा कुरा राख्न सक्नुपर्छ। जहाँ जहाँ समस्या छन् ती विषय उठाउन सक्नुपर्छ।’
देउवा प्रधानमन्त्री बनेपछि भारतीय नागरिक समाज उत्साहित छ। भारतीय सञ्चार माध्यमहरुले सम्पादकीय नै लेखेर ओलीलाई भारतको समर्थन रहेको तर देउवा भारतको मित्र रहेको भन्दै कोर्स करेक्सनका लागि सुझाव दिएका छन्। र तथस्ट हुनुपर्ने सुझाव दिएका छन्।
Spoke with Nepal PM Sher Bahadur Deuba to convey my congratulations and best wishes. We will work together to further enhance the wide-ranging cooperation between India and Nepal, including in the fight against the COVID-19 pandemic: PM Narendra Modi
(File pic) pic.twitter.com/emEjr7wJI8
— ANI (@ANI) July 19, 2021
भारतीय प्रधानमन्त्री मोदीले पनि देउवालाई बधाई दिनेक्रममा विभिन्न क्षेत्रमा आपसरी सहयोग बढाउन मिलेर काम गर्ने बताएका छन्। भारतीय विदेश मन्त्रालयले नेपाल र भारतका प्रधानमन्त्रीबीच विभिन्न आपसरी सहयोगका क्षेत्रमा मलेर अगाडि बढ्ने सहमति भएको उल्लेख गरेको छ। खास गरेर कोरोनाविरुद्धको लडाइँमा मिलेर अगाडि बढ्ने दुई प्रधानमन्त्रीबीच कुरा भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
भारतसँगको सीमा समस्या अहिले दुईदेशबीचको सम्बन्धमा चिसोपना ल्याउने एक मुख्य विषय हो। तर, यही विषयमा दुईदेशबीच लामो समयदेखि वार्ता भएको छैन। देउवा सरकारले यो विषयलाई अगाडि बढाउनपर्ने दायित्व छ।
केही दिन अगाडि एक भारतीय सञ्चार माध्यमसँगको डिबेटमा काँग्रेस नेता डा मिनेन्द्र रिजालले सीमा समस्याका विषयमा दुई मुलुकबीच वार्ता हुनुपर्ने र वार्ताबाटै समस्या समाधान हुनुपर्ने बताएका थिए। उनले कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा नेपाले बलियो प्रमाण जुटाएको भन्दै वार्ताका टेबुलमा प्रमाणहरु पनि पेश गरिने बताएका थिए। उता सोही डिबेटमा रहेका नेपालका लागि पूर्व राजदूत रणजित रोयले भने यो विषयमा स्पष्ट बोलनन्। तर वार्ता गर्नुपर्नेमा भने उनको पनि जोड थियो।







डिसी नेपाल








Facebook Comment