११ देशका राजदूत नियुक्ति खारेज गर्ने सरकारको निर्णय, बकर इदमा सार्वजनिक बिदा
काठमाडौं । सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारको निर्णय खारेज गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सरकारले बकर इदका अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम समूदायको चाड बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गृहमन्त्री बालकृष्ण खाँडलाई बकर इदमा सार्वजनिक बिदा दिन ध्यानाकर्षण गराएका थिए।
यस्तै सरकारले नेपाललाई खोप सहायता उपलब्ध गराउने मुलुकहरुलाई धन्यवाद दिँदै थप खोप सहायताका लागि खोप उत्पादक मुलुकहरुलाई आग्रहसमेत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ । लोकसेवा आयोग अध्यक्ष नेतृत्वको सिफारिस समितिले पोखरेलसहित डा. महेन्द्रप्रसाद श्रेष्ठ र दीपेन्द्ररमण सिंहलाई सिफारिस गरेको थियो ।







डिसी नेपाल








Facebook Comment