चीनले साइबर आक्रमण गरेको अमेरिका, बेलयात र इयूको गम्भीर आरोप

डिसी नेपाल
४ साउन २०७८ २२:५५
260
Shares

लन्डन (एजेन्सी)। अमेरिका, बेलायत र यूरोपेली यूनियनले चीनमाथि साइबर आक्रमण गरेको गम्भीर आरोप लगाएका छन्। उनीहरुले चिनियाँ ह्याकरले माइक्रोसफ्टको सर्भर ह्याक गरेको दावी गरेका छन्। कम्तिमा ३० हजार सर्भर आक्रमणमा परेको उनीहरुको आरोप छ। उनीहरुले चिनियाँ सुरक्षा एजेन्सीको निगरानीमा साइबर आक्रमण भएकोसमेत आरोप लगाएका छन्।

बेलायती विदेशमन्त्री डोमिनक राबले चीनले गम्भीर साइबर आक्रमण गरेको बताएका छन्। उनले चीनले यसअघि पनि यस्ता कामहरु गर्दै आएको र अहिले गम्भीर साइबर आक्रमण गराएको बताएका छन्। बेलायती विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्र्दै चीनले साइबर आक्रमण गाएको आरोप लगाएको बीबीसीले जनाएको छ। चीनले सुरक्षा हितका लागि साइबर आक्रमण गरेको आशंकासमेत बेलायती विदेशमन्त्रालयले गरेको बीबीसीले उल्लेख गरेको छ।

यस्तै यूरोपेली संघले पनि विज्ञप्ति जारी गर्दै चीनमाथि गम्भीर आरोप लगाएको छ। यूरोपेली संघले पहिलो पटक चीनको नाम लिएर साइबर आक्रमणको आरोप लगाएको हो। अमेरिका र बेलायतले यसअघि पनि चीनमाथि यस्तो आरोप लगाउने गरेका थिए। तर, यूरोपेली संघले पहिलो पटक नाम तोकेर आरोप लगाएकाले यो मामिला निकै गम्भीर रहेको संकेत गरेको छ।

उता अमेरिकाले भने संसार भर चीनले एक ह्याकरको संस्था बनाएर साइबर आक्रमण गरिरहेको बताएको छ। पश्चिमाहरुको यो पछिल्लो आरोपबारे चिनियाँ प्रतिक्रिया आइसकेको छैन। तर, यो घटनाले चीन र पश्चिमा मुलुकबीच फेरि तनाव बढ्ने संकेत भने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *