एमाले केन्द्रीय कमिटी बैठक बस्दै, २२ जना सांसदमाथि कारवाहीकाे निर्णय हुने

डिसी नेपाल
५ साउन २०७८ ९:४१
204
Shares

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकले पार्टीको निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदमाथि कारवाही गर्ने विषयमा छलफल हुने बताइएको छ।

वरिष्ठ नेतासहित २२ जना सांसदलाई सोमबार बसेको केन्द्रीय कमिटीले बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो।

लामो समयदेखि अन्तरसंघर्ष जारी रहेको एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले  साेमबारकाे केन्द्रीय कमिटी बैठकलाइ सम्वाेधन गर्दै नेता नेपाललाई एमाले प्रवेश निषेध भएको संकेत गरेका छन्।

प्रधानमन्त्रीमा कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेपाल समूहप्रति अहिले संस्थापन पक्ष थप रुष्ट बनेको छ। आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री रहेको सरकारलाई अपदस्त गरी विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन ‘धोकाधडी गरेको’ भन्दै संस्थापन पक्ष आक्रोशित बनेको हो।

देउवालाई मत दिनु लज्जास्पद काम भएको उल्लेख गर्दै ओलीले वरिष्ठ नेता नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दार भएको टिप्पणी गरे। उनले भने, ‘माधव नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार हुन् । उनको आइतबारको कृत्य कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको अपराध हो।’

प्रधानमन्त्री देउवालाई ओली पक्षमा रहेका आठ जना सांसदहरूले समेत विश्वासको मत दिएका थिए। तर, नेपाल पक्षका केही सांसदहरूले भने मतदान प्रक्रियामा नै भाग लिएनन्। देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च र राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउने सांसदहरूले समेत मतदान प्रक्रियामा भाग लिएनन्।

एमाले बैठकको कारबाहीमा पर्नेहरुमा वरिष्ठ नेता माधवकुमार नेपालका अलावा देउवालाई मतदान गर्ने विरोध खतिवडा, कृष्णलाल महर्जन, प्रेमबहादुर आले, धनबहादुर बुढा, जीवनराम श्रेष्ठ, हिरा केसी, मेटमणि चौधरी, भवानी खापुङ, गोपाल बम, मुकुन्द न्यौपाने, कलिला खातुन, रामकुमारी झाँक्री, विनादेवी बुढाथोकी, कृष्णकुमार श्रेष्ठ, समिना हुसेन, कल्याणी श्रेष्ठ, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण कायस्थ, निरा जैरु, अञ्जना विशंखे छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.