सरकारमा सहभागी हुन माधव नेपाललाई प्रचण्डको आग्रह

डिसी नेपाल
५ साउन २०७८ १०:१४
704
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिइसकेपछि मन्त्रिपरिषदलाई पूर्णता लिने तयारीमा लागेका छन्। त्यसका लागि प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरुसँग छलफल गर्ने तयारी गरेका छन्।

सानो आकारको मन्त्रिपरिषद गठन गरेर कार्यसंचालन गरिरहेका देउवाले सरकारलाई पूर्णता दिने तयारी गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको सक्रिया बढेको छ। प्रचण्डले मगलबार विहान एमाले वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका छन्।

देउवालाई विश्वासको मत दिएका नेपाल समूहलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी गराउन चाहेका छन्। सोही विषयमा छलफल गर्न प्रचण्ड मंगलबार विहान नेपाल निवास कोटेश्वर पुगेका थिए।

‘आज विहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उहाँसँग (माधव नेपाल) भेट गर्न भएको हो। तर विषयवस्तुका विषयमा भने जानकारी भएको छैन,’ एमाले नेता नेपालका स्वकीय सचिव मोहन गौतमले डिसी नेपालसँग भने।

स्रोतका अनुसार प्रचण्डले नेपालसँग प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिन चाहेको र सरकारमा नेपाल समूहको पनि सहभागिता होस भन्ने चाहेको बताएका थिए। नेपाल समूहकै सहयोगमा संसद जोगिएको दाबी गर्दै प्रचण्डले सरकारमा सहभागी हुने आग्रह गरेका थिए।

जवाफमा नेता नेपालले सरकारमा सहभागी हुने वा नहुने विषयमा आफ्नो समूहभित्र छलफल गरेर मात्र निर्णय लिइने बताएका थिए। नेता नेपालसँगको भेटपछि प्रचण्ड सिधै बालुवाटार पुगेका छन्। बालुवाटारमा प्रधानमन्त्री देउवासँग प्रचण्डले सरकार विस्तारका विषयमा छलफल गरेका छन्।

एमाले नेता नेपालसँग आजं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि भेट गरेका थिए। उनीहरुले सरकारमा सहभागी हुने विषयमा छलफल भएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.