प्रभावित क्षेत्रका बासिन्दाका लागि तेह्रथुम पावरको आईपीओ बिक्री खुला
काठमाडौं। तेह्रथुम पावर कम्पनी लिमिटेडले आज (साउन ५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १ सय अंकित मूल्यका ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो।
सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
निष्काशन बन्द छिटोमा साउन १९ गते हुनेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ २ गतेसम्म लम्बिनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment