साझा कार्यक्रम बढाउने विषयमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड सहमत
फाइल फाेटाे।
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारी गठनबन्धनमा आवद्ध दलहरुबीच साझा नीति तथा कार्यक्रम बनाउने विषयमा छलफल भएको थियो।
नयाँ सरकार गठन भएपछि गठबन्धनमा आवद्ध दलबीच साझा नीति तथा कार्यक्रम बनाउने विषयमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सकारात्मक छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। ‘प्रधानमन्त्री र अध्यक्षबीच साझा कार्यक्रम बनाउने विषयमा सकारात्मक र राम्रो छलफल भयो,’ सापकोटाले डिसी नेपालसँग भने।
प्रचण्ड मंगलबार एमाले वरिष्ठ नेता माधव नेपालसँगको भेटपछि सिधै बालुवाटार पुगेका थिए। माधव नेपालसँग पनि साझा कार्यक्रम र सरकारकमा सहभागिताको विषयमा प्रचण्डले छलफल गरेका थिए।
सरकारले गठाबन्धनमा आवद्ध दलबीच साझा नीति तथा कार्यक्रम बनाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने गरी प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल भएको छ।







डिसी नेपाल







Facebook Comment