मापसे जाँचेजस्तै फुकेर केही सेकेण्डमै कोरोना जाँच्ने किट बन्यो, अमेरिकामा स्वीकृति माग

डिसी नेपाल
५ साउन २०७८ १५:३२
536
Shares

काठमाडौं। नेपालमा मादक पदार्थ सेवन गरेको जाँच गर्नको लागि जस्तो किट प्रयोग गरिन्छ त्यस्तै किसिमको किटको प्रयोग गरेर कोरोना संक्रमण भएको जाँच गर्ने प्रविधि ल्याइएको छ । यो प्रविधिमा सासबाटै कोरोना संक्रमित भएको वा नभएको थाहा पाउन सकिन्छ । यो निकै सजिलो तरिका छ र यसको नतिजा केही केही सेकेण्डमै आउँछ ।

यो कोभिड परीक्षण ब्रेथ एनालाइजरको माध्यमबाट गरिन्छ । सिंगापुर र नेदरल्याण्डले यो परीक्षणलाई स्वीकृति दिइसकेका छन् । त्यहाँ यसको प्रयोग पनि भइरहेको छ । अब अमेरिकामा पनि यसको प्रयोगको लागि अनुमति मागिएको छ । ओहियो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुका अनुसार कम्पनीले आफ्नो कोभिढ १९ ब्रेथ एनालाइजरको आकस्मिक प्रयोगको लागि अमेरिकन फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनसँग आवेदन गरेको छ ।

नेदरल्याण्डको कम्पनी ब्रेथोमिक्सले स्पाइरोनोज नामको डिभाइस तयार गरेको छ । यो डिभाइस पानीको बोतलको आकारको छ । जसको कोरोना परीक्षण गर्नुपर्ने हुन्छ उसले यो डिफाइसमा आफ्नो सास छोड्नुपर्छ । यदि ती व्यक्तिभित्र कोरोनाको लक्षण भए यो डिभाइसले थाहा पाउँछ र केही सेकेण्डमै ती व्यक्ति कोरोना संक्रमित भए–नभएको थाहा हुन्छ ।

ब्रेथोनिक्सको यो डिभाइरसलाई सिंगापुरमा मे महिनामै स्वीकृति दिइएको थियो । ब्रथोनिक्सका साथै सिंगापुरमा सिल्भर फ्याक्ट्री टेक्नोलोजीको कोभिड–१९ ब्रेथ एनालाइजरको पनि प्रयोग भइरहेको छ । नेदरल्याण्डमा पनि यो कोरोना परीक्षण प्रविधिको प्रयोग भइरहेको छ । अब अमेरिकामा पनि यसको प्रयोगको तयारी भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *