राज कुन्द्रालाई जमानतमा रिहा गर्न अदालतले अस्वीकार गर्यो, हिरासतमै राख्न आदेश
काठमाडौं। पोर्न फिल्म बनाएको आरोपमा मुम्बइ पुलिसले पक्राउ गरेका व्यवसायी राज कुन्द्रालाई जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । सोमबार अबेर राती गिरफ्तार गरिएका राज कुन्द्रालाई मंगलबार अदालत पेश गरिएको थियो । अदालतले उनलाई २३ दिनसम्म हिरागतमै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । राज कुन्द्राका साथी रयान थारपलाई पनि हिरासतमा पठाइएको छ ।
यो केसमा शिल्पा शेट्टी पनि तानिने सम्भावना उच्च छ किनकि शिल्पा आफ्ना पति राजका धेरैजसो व्यवसायमा पार्टनर छिन् । उनी यो पोर्न फिल्मको व्यवसायमा पनि पार्टनर हुन सक्ने आशंकामा शिल्पालाई पनि सोधपुछका लागि बोलाइने सम्भावना उच्च छ ।
क्राइम ब्रान्चको प्रोपर्टी सेलले एक अज्ञात व्यक्ति र मध्यपूर्वका एक पोर्न माफियाबीचका केही कल इन्टरसेप्ट गरेको छ । यी व्यक्ति अमेरिकी नागरिक हुन् । केही युवतीको बयान पनि लिइएको छ । युवतीहरुले आफूहरु अन्तर्राष्ट्रिय पोर्नोग्राफी गिरोहसँग फसेको बयान दिएका छन् ।
मुम्बइ पुलिसका कश्निर हेमन्त नागराले एक भारतीय अखबारलाई बताएअनुसार राज कुन्द्रा यस मामिलामा मुख्य योजनाकार हुन् र क्राइम ब्रान्चसँग उनीविरुद्ध ठोस प्रमाण छ । उनलाई गिरफ्तार गरेर सोधपुछ भइरहेको छ । पहिले क्राइम ब्रान्चको प्रोपर्टी सेलले अनुसन्धान गरिरहेको भन्दै सोधपुछका लागि बोलाइएका राज कुन्द्रालाई गिरफ्तार गरिसकेपछि मात्रै पोर्न भिडियोको मामिलाको खुलासा गरिएको थियो ।
यस मामिलामा अहिलेसम्म राज कुन्द्रासमेत ११ जनालाई गिरफ्तार गरिसकिएको छ । राज कुन्द्राविरुद्ध गएको फेब्रुअरीमा मुद्दा दर्ता गरिएको थियो । पुलिसका अनुसार उनले पोर्न उद्योगमा ८ देखि १० करोड लगानी गरेका छन् । राज कुन्द्रा र उनका बेलायतमा बस्ने भाइले मिलेर बेलायतमै केनरिन नामको कम्पनी बनाएका छन् । फिल्म भारतमा खिचेर केनरिन कम्पनीलाई पठाइएको पाइएको छ । राजले आफैं कम्पनी बनाएर भारतको साइबर कानुनबाट बच्नको लागि विदेशमा दर्ता गराएको पाइएको छ ।







डिसी नेपाल







Facebook Comment