पेगाससको जासुसी सूचीमा पाकिस्तानी प्रधानमन्त्रीको नम्बर, भारतमाथि आरोप
काठमाडौं। इजरायली स्र्पावेयर पेगाससको जासुसीको मुद्दामा भारतमा हंगामा भइरहेका बेला यो मुद्दाले पाकिस्तानमा पनि तरंग ल्याएको छ । अमेरिकी अखबार वाशिङटन पोस्टको दावीअनुसार यो स्पाइवेयरबाट जुन नम्बरको जासुसी गराइएको छ तीमध्ये एउटा नम्बर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रयोग गरेको नम्बर हो ।
यो रिपोर्ट सार्वजनिक भएसँगै पाकिस्तानी राजनीतिमा तरंग आएको छ । पाकिस्तानी अखबार डनका अनुसार पाकिस्तानका सूचना तथा प्रविधि मन्त्री फवाद चौधरीले पाकिस्तानी प्रधानमन्त्रीको जासुसीको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने चेतावनी दिएका छन् । चौधरीले जासुसीको आरोप भारतमाथि लगाएका छन् । उनले यस विषयमा जानकारी सार्वजनिक हुनासाथ यो मुद्दा उठाइने बताएका छन् ।
वाशिङटन पोस्टको रिपोर्टअनुसार सर्भिलान्स लिस्टमा भारतका १ हजार नम्बर र पाकिस्तानका १ सय नम्बरलाई राखिएको छ । स्पाइवेयस रफ्टवेयर पेगासस इजरायली फर्म एनएसओ ग्रुप टेक्नोलोजिजले बनाएको हो । यो कम्पनी ह्याकिङ सफ्टवेयर बनाउन महारथी मानिन्छ । कम्पनीले कैयौं देशका सरकारले जासुसीको लागि आफ्नो सफ्टवेयर प्रयोग गरेको दावी गर्छ ।







डिसी नेपाल







Facebook Comment