बेइजिङमा ९० प्रतिशतभन्दा बढी वयस्कलाई कोभिड–१९ विरूद्धको खोप दिइयो

डिसी नेपाल
५ साउन २०७८ २०:५०
32
Shares

बेइजिङ । चीनको राजधानी बेइजिङमा १८ वर्षमाथिका ९० प्रतिशत व्यक्तिलाई कोभिड–१९ विरूद्धको दुबै खोप लगाइसकिएको स्थानीय अधिकारीले बताएका छन् ।

प्राप्त जानकारी अनुसार बेइजिङमा एक करोड ७६ लाखभन्दा बढी वयस्क व्यक्तिलाई खोप लगाइएको बेइजिङको स्थानीय प्रशासनले पुष्टि गरेको छ । यो सङ्ख्या बेइजिङको वयस्क नागरिकको जनसङ्ख्याको ९०।६ प्रतिशत हो ।

नगरपालिका प्रशासनले भनेको छ, “चिनियाँ राजधानीमा जन–खोप अभियान अन्तर्गत कोभिड–१९ विरूद्धको तीन करोड ६१ लाखभन्दा बढी खोपको मात्रा लगाइसकिएको छ । यो सङ्ख्या वयस्क सङ्ख्याको ९५।६ हो अर्थात् बेइजिङमा ९५ प्रतिशतभन्दा बढी बयस्क व्यक्तिलाई कम्तीमा एक मात्रा खोप लगाइएको छ ।

बेइजिङमा मङ्गलबारदेखि १२ बर्षदेखि १७ बर्ष उमेर समूह (नाबालिग) लाई कोभिड–१९ बिरूद्धको खोप लगाउन थालिएको नगर प्रशासनले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *