मालीका राष्ट्रपतिद्वारा आफू सकुशल रहेको टेलीभिजनमार्फत् जानकारी

डिसी नेपाल
५ साउन २०७८ २३:२७
968
Shares

बामाको । मालीका अन्तरिम राष्ट्रपति कोलोनेल असिमी गोइता मङ्गलबार उनीमाथि भएको हत्या प्रयासपछि राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै आफू सकुशल रहेको बताएका छन् ।

राजधानी बामाकोमा टेलिभिजनमा बोल्दै उनले भने,“यो आक्रमण मालीमा अस्थिरता चाहने समूहले गराएको र यस्ता समूहले कुनै पनि समय अवाञ्छित क्रियाकलाप गर्नेछन् ।”

गोइताले ओआरटीएम नामक टेलीभिजनमार्फत् भने, “नेतृत्वमाथि यस किसिमका हमला हुने गर्छन् तर यसबाट एउटा कुशल राजनीतिज्ञ डराएर पछि हट्ने कुरा हुँदैन ।”

गोइतालाई मङ्गलबार मस्जिदमा प्रार्थना गर्ने क्रममा आक्रमण गर्ने प्रयास भएको राष्ट्रपतिको कार्यालयले यसपहिले जानकारी गराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *