१२ हजार ६१६ परीक्षण गर्दा २ हजार ८३८ जनामा कोरोना संक्रमण, थप ३० को मृत्यु
काठमाडौं । गत २४ घण्टामा नेपालमा १२ हजार ६१६ जनाको परीक्षण गर्दा २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ४७५ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ७१५ पीसीआर परीक्षण गर्दा १ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ९०१ परीक्षण गर्दा ९२० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ३० जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment