प्रतिबन्धित क्याफिनयुक्त रेडबुल बिक्री गरेको आरोपमा ४ जना पक्राउ

डिसी नेपाल
६ साउन २०७८ १८:१०
892
Shares

काठमाडौं । प्रहरीले नक्कली शक्तिबर्द्धक पेय पदार्थ बिक्री वितरण गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ रेडबुल बिक्री वितरण गरेको आरोपमा काठमाडौको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रणव स्टोर न्युरोडका सञ्चालक रबिनराज श्रेष्ठ र शक्तिमाता स्टोर कपनका सञ्चालक ओखलढुंगा चम्पादेवीका धनबहादुर श्रेष्ठ, रेडबुल ओसारपसारकर्ताहरू बाँके कोहलपुरका राजु पौडेल र सर्लाही हरीपुरका वीरेन्द्र चौधरी रहेका छन् । प्रहरीले उनीहरुबाट २०२ वटा कार्टुन पेय पदार्थ बरामद गरेको छ ।

नेपालको कानुनले प्रतिबन्ध गरेको सो पेय पदार्थलाई उनीहरुले विक्री वितरण गरेको प्रहरीले जनाएको छ । २०७६ असार २ मा प्रकाशित राजपत्र भाग २ को सूचना १ को प्रकरण ४ को ‘ढ’अनुसार क्याफिनयुक्त शक्तिबर्द्धक पेयपदार्थ, फ्लेवर सिन्थेटिक ड्रिन्क्सलगायतका पेयपदार्थ बिक्री वितरण गर्न पाइँदैन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.