पाकिस्तानी र भारतीय सेनाले एकअर्कालाई खुवाए मिठाई

डिसी नेपाल
६ साउन २०७८ १९:०१
744
Shares

नयाँ दिल्ली (एजेन्सी)। पाकिस्तानी र भारतीय सेनाले एकअर्कालाई बुधबार मिठाई खुवाएका छन्। मुस्लिम धर्मावलम्बीहरुको पवित्र चाड बकर इदका अवसरमा सीमा क्षेत्रमा खटिएका यी दुई देशका सेनाबीच मिठाई साटासाट भएको बीबीसी हिन्दीले जनाएको छ।

पराम्परागत दुश्मन मुलुकका सेनाबीच भएको यो कार्यक्रमलाई महत्वका साथ लिइएको छ। बुधबार जम्मु कश्मीरको पुंछ जिल्लाको सीमा मा खटिएका सेनाले मिठाइँ साटासाट गरेका हुन्। अन्य सीमा क्षेत्रमा पनि यो कार्यक्रम भएको छ। बाघा सीमामा पनि यो कार्यक्रम भएको छ।

यो मिठाई साटासाटलाई भारत पाकिस्तान दुबै देशका सेनाले स्वागत गरेका छन्। यस्ता कार्यक्रमले युद्ध विराम पालनामा सहयोग पुर्याउने दुबै सेनाले विश्वास व्यक्त गरेका छन्।

जम्मु कश्मीरको पुलवामामा आतंवादी आक्रमणमा ४० भन्दा धरै भारतीय सुरक्षाकर्मी मारिएपछि भारतले पाकिस्तानी भूमिमा हवाई आक्रमण गरेको थियो। पाकिस्तानी वायु सेनाले पनि त्यसको जवाफी आक्रमण गरेको थियो। यो घटनाले भारत र पाकिस्तानबीच युद्धकै अवस्था निम्तिएको थियो। तर, दुबै देश संयम अपनाउन तयार भएपछि युद्ध विराम लागु गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *