१७ अर्ब रुपैयाँ मूल्यका नेपालीसहित प्राचीन कलाकृति तस्करीको आरोपमा एक पक्राउ

डिसी नेपाल
७ साउन २०७८ १०:२८
496
Shares

काठमाडौं। नेपाली सहितका दुर्लभ प्राचीन कलाकृतिहरु तस्करीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । सुवास कपूर नामका एक डिलरको नेतृत्वमा संचालित गिरोहले गरेको १४३ मिलियन डलर (१७ अर्ब रुपैयाँ) बराबरका नेपालीसहित एसियाली प्राचीन कलाकृति तस्करीको आरोपमा बेलायती नागरिक पक्राउ परेका हुन् । पक्राउ परेका ५८ वर्षका नील पेरी स्मिथमाथि म्यानहट्टन जिल्ला न्यायाधीवक्ताको कार्यालयले २९ अभियोगमा मुद्दा चलाएको आर्टनेटले जनाएको छ ।

स्मिथमाथि कपूरको न्यूयोर्कस्थित ग्यालरी ‘आर्ट अफ द पास्ट’मा बिक्री गर्नुअघि ३२ मिलियन डलर मूल्य बराबरका नेपाली, थाइ र कम्बोडियन कलाकृति राखेको आरोप लगाइएको छ । सम्भावित ग्राहक पाउनको लागि स्मिथलाई यी कलाकृतिहरु चोरी गरी ल्याइएको भन्ने पहिचान हुने चिन्हहरु मेटाउन तथा कलाकृतिको सफाइको जिम्मा दिइएको बताइएको छ । स्मिथमाथि ३.५ मिलियन डलर (४१ करोड रुपैयाँ) मूल्यको उमा पार्वतीको मूर्ति, ५ मिलियन डलर (६० करोड रुपैयाँ) मूल्यको शिव नटराजको मूर्तिसहितका कलाकृति तस्करीमा सहयोग गरेको आरोप छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *