जेफ बेजोसले प्रत्येक मिनेट ६५ अर्ब रुपैयाँका दरले पैसा उडाए

डिसी नेपाल
७ साउन २०७८ १४:२०
6.9k
Shares

काठमाडौं। अमेजनका संस्थापक जेफ बेजोस अन्तरिक्षमा जाने सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनको कम्पनी ब्लु ओरिजिनको न्यू शेफर्ड रकेटले बेजोसलाई ३ यात्रुहरुको साथमा अन्तरिक्षमा लिएर गयो । करिब १० मिनेट पृथ्वीबाहिर अन्तरिक्षको सीमामा बिताएपछि उनको क्याप्सुल पृथ्वीमा फर्केर आयो । यो अनुभव आफैंमा ऐतिहासिक त थियो नै यसको मुल्य हेर्दा यस्ता काम विश्वका अर्बपतिले मात्रै गर्न सक्छन् भन्ने पनि थाहा हुन्छ ।

डेलीमेलको एक रिपोर्टअनुसार बेजोसको यो १० मिनेटको यात्राको लागि ५.५ अर्ब डलर अर्थात ६ खर्ब ५५ अर्ब रुपैयाँ लागत लागेको थियो । यस हिसाबले बेजोसको यो यात्राको प्रत्येक मिनेटको खर्च ५५ करोड डलर अर्थात ६५ अर्ब रुपैयाँ थियो । यो उडानमा जेफको साथमा उनका भाइ मार्क र उड्डयन विज्ञ वाली फंक पनि गएकी थिइन् । चौथो सिटको लागि टिकट लिलामी गरिएको थियो ।

यति छोटो यात्राको लागि यति धेरै पैसा खर्च गर्नु कति सही हो भन्ने विषयलाई लिएर जेफ बेजोसको आलोचना पनि भएको थियो । तर, बेजोसले भने आफूले भविष्यमा अन्तरिक्षमा उद्योग स्थापना गर्ने र पृथ्वीको पर्यावरणलाई बचाउने बताएका छन् । यो यात्राको लागि लिलामी गरिएको टिकट जसले जितेका थिए उनले नाम फिर्ता लिएपछि ओलीभर डेमनका पिताले यो टिकट किनेका थिए ।

पिताले किनिदिएको टिकटमा अन्तरिक्षको यात्रा गरेर १८ वर्षका ओलिभर डेमन अन्तरिक्षमा जाने सबैभन्दा कम उमेरका व्यक्ति बनेका छन् । बेजोसले मंगलबार आफूले आउँदो उडानको लागि १० करोड डलरको टिकट बेचिसकेको बताएका थिए । यस वर्ष ब्लु ओरिजिनका २ अन्य व्यवसायिक उडान अन्तरिक्षमा जानेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *