राज कुन्द्राले पुलिसलाई दिए २५ लाख रुपैयाँ घुस !

डिसी नेपाल
७ साउन २०७८ १५:०७
3.4k
Shares

काठमाडौं। पोर्न भिडियो बनाएर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका व्यवसायी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राले पक्राउ पर्नबाट बच्नको लागि पुलिसलाई २५ लाख रुपैयाँ घुस दिएको यही केसमा फरार रहेका एक अभियुक्तले बताएका छन् । राज कुन्द्रालाई सोमबार राती २२ बजे गिरफ्तार गरिएको थियो । त्यसपछि मुम्बइको किला कोर्टले उनलाई २३ जुलाइसम्मको लागि पुलिस हिरासतमा पठाएको छ ।

यही पोर्न फिल्मको केसमा फरार रहेका अर्का अभियुक्त यश ठाकुरले पुलिसले राज कुन्द्रालाई यसअघि नै पक्राउ गर्न सक्ने भए पनि राजले क्राइम ब्रान्चका अधिकारीलाई २५ लाख रुपैयाँ घुस दिएका कारण पुलिसले उनलाई पक्राउ नगरेको बताएका छन् । नवभारत टाइम्सका अनुसार यश ठाकुरले पुलिसले आफूसँग पनि घुस मागेको बताएका छन् । पुलिसले भने राज कुन्द्राको नाम यो केसमा फेब्रुअरी महिनामै आएको भए पनि उनीविरुद्ध प्रमाण जुटाउन समय लागेकोले अहिले मात्र गिरफ्तार गरिएको बताएको छ ।

यश ठाकुरले यही वर्षको मार्च महिनामा महाराष्ट्रको एन्टी करब्प्सन ब्युरोलाई इमेल लेखेर यस विषयमा बताएको समेत दावी गरेका छन् । उनका अनुसार एन्टी करप्सन ब्युरोले यो इमेल अप्रिल महिनामा मुम्बइ पुलिस कमिश्नरलाई फरवार्ड गरेको थियो र यो विषयमा जाँच गर्न भनेको थियो । यश ठाकुर फेब्रुअरीमा पोर्न भिडियो बनाएकै केसमा अभिनेत्री गहना वशिष्ठ पक्राउ परेको केसका आरोपी हुन् र उनी त्यतिबेलादेखि नै फरार छन् ।

यश ठाकुर अमेरिकामा दर्ता भएको एक कम्पनीको मालिक भएको बताइन्छ । उनको कम्पनीको नाम फ्लीज मुभिज हो जुन कम्पनीले अभिनेत्री र मोडलहरुसँग वेब सिरिज र शोको लागि सम्झौता गर्छ । यो फर्मको लागि पहिले निउफ्लिक्स थियो । राज कुन्द्राले बनाउने पोर्न फिल्महरु यश ठाकुरको कम्पनीको वेबसाइटमा अपलोड गरिने गरेको आरोप छ । क्राइम ब्रान्चले यश ठाकुरको बैंक खाताबाट साढे ४ करोड रुपैयाँ सिज गरेको थियो ।

पोर्नोग्राफी केसमा राज कुन्द्रा र उनका आइटी हेड रायन थार्पसहित ११ जनालाई पक्राउ गरिएको छ । यो केसमा पहिलो गिरफ्तारी फेब्रुअरीमा भएको थियो जतिबेला मुम्बइको मड आइल्याण्डमा एक बंगलामा छापा मारिएको थियो । त्यहाँबाट ५ जनालाई गिरफ्तार गरिएको थियो । यही बेला अभिनेत्री गहना वशिष्ठ पनि पक्राउ परेकी थिइन् । यो गिरफ्तारीपछि पुलिसले अदालतमा बुझाएको चार्जशिटमा यश ठाकुरलाई फरार भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.