राज कुन्द्राको सम्झौता र स्क्रिप्ट सार्वजनिक, ‘नाङ्गिन तयार छु’ भनेर सम्झौता गराइन्थ्यो

डिसी नेपाल
७ साउन २०७८ १५:४९
10.3k
Shares

काठमाडौं। पोर्न फिल्म बनाएर सार्वजनिक गरेको अभियोगमा पक्राउ परेका राज कुन्द्राको विषयमा भइरहेको अनुसन्धानमा उनको कम्पनीले कलाकार वा मोडलसँग गर्ने सम्झौता र उनीहरुले बनाउने फिल्मको स्क्रिप्ट पनि मुम्बइ पुलिसको क्राइम ब्रान्चले हात पारेको छ । यही सम्झौतामा हस्ताक्षर गराइसकेपछि राज कुन्द्राको कम्पनीले मोडल र अभिनेत्रीहरुलाई पोर्न फिल्म सुटिङ गर्नका लागि बाध्य बनाउँथ्यो ।

यसरी गराइने सम्झौतामा कलाकार वा मोडलहरुलाई वेब सिरिजमा काम गर्ने भनेर हस्ताक्षर गराइन्थ्यो । तर, सम्झौतामा कुनै कम्पनीको नाम वा दर्ता नम्बर हुँदैनथ्यो । सम्झौतामा शोको नाम पनि उल्लेख हुँदैनथ्यो । यतिमात्र होइन सम्झौतामा स्क्रिप्टको मागअनुसार बोल्ड, टपलेस, इरोटिक मात्र होइन नग्न दृश्य समेत दिन स्वेच्छाले तयार छु भन्ने व्यहोरा उल्लेख गरिन्थ्यो । पुलिसले अदालतमा पेश गरेको चार्जशिटमा यो सम्झौता मात्र नभइ फिल्मको स्क्रिप्ट समेत संलग्न गरेको छ ।

पुलिसले धोखा नामबाट बन्न लागेको एउटा फिल्मको स्क्रिप्ट सार्वजनिक गरेको छ । स्क्रिप्टमा नग्न दृश्यहरुको पनि उल्लेख छ । बताइएअनुसार कलाकार वा मोडलले उल्लेखित दृश्य दिन नमानेमा उनीहरुलाई साइन गरिएको सम्झौता देखाएर दबाब बनाइन्थ्यो । राज कुन्द्राका सहकर्मीले जुन सम्झौता देखाएर कलाकारलाई नग्न सिन दिन दबाब दिन्थे त्यो सम्झौतामा कथाको मागअनुसार बोल्ड, इरोटिक, टपलेस मात्र नभइ नग्न दृश्य पनि स्वेच्छाले दिन तयार छु भन्ने उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.