नेपाललाई साफ च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव

डिसी नेपाल
१० साउन २०७८ १७:०८
80
Shares

काठमाडौं । नेपाललाई १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न औपचारिक प्रस्ताव आएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजनाको प्रस्ताव गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार साफबाट प्रतियोगिता आयोजनाका लागि औपचारिक प्रस्ताव आएको जनाएको छ । साफका महासचिव अनवारूल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ आयोजनाको औपचारिक प्रस्ताव गरेको एन्फाले जनाएको छ ।

प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको थियो ।

नेपालसँगै श्रीलंका, भारत र माल्दिभ्सले समेत आयोजनाका लागि दाबी गरेका छन् । नेपालले यसअघि दुई पटक साफ च्याम्पियनसिपको आयोजना गरिसकेको छ । नेपालले सन् १९९७ मा र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *