टी–ट्वान्टी वरीयतामा नेपालको सुधार

डिसी नेपाल
१० साउन २०७८ २२:१८
64
Shares

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले आइतबार अपडेट गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।

टी(ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ । यस अघि नेपाल १३ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा नेपाल टेस्ट राष्ट्र आयरल्याण्ड भन्दा अघि रहेको छ ।

नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो । टी-ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् ।

चौंथो पाकिस्तान र पाँचौं अष्ट्रेलिया रहेको छ । नेपाल एकदिवसीय वरीयतामा भने १६ औं स्थानमै यथावत रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *