गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

डिसी नेपाल
१३ साउन २०७८ १९:२८
160
Shares

काठमाडौं। गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले बुधबार शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुख शपथ ग्रहण गराइन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गुरुङ र शेरचनलाई मंगलबार प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्।

शेरचन यसअघि गण्डकी प्रदेशको प्रमुख थिए। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकाले शेरचनलाई पदमुक्त गर्दै सीता पौडेललाई गण्डकीको प्रमुख नियुक्त गरेको थियो।

देउवा सरकार आएपछि गण्डकी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरिएको हो। देउवा सरकारले शेरचनलाई पुन प्रदेश प्रमुख बनाएर लुम्बिनी पठाएको हो भने गुरुङले पहिलो पटक नियुक्ति पाएका हुन्। शेरचन माओवादी केन्द्रको कोटाबाट तथा गुरुङ काँग्रेसको कोटाबाट प्रदेश प्रमुख बनेका हुन्। दुबैजना नवयिुक्त प्रदेश प्रमुख चितवनकै वासिन्दासमेत हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.