टोकियो ओलम्पिक : सरस्वती चौधरी पहिलो चरणबाटै बिदा

डिसी नेपाल
१५ साउन २०७८ १०:००
196
Shares

काठमाडाैं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन्। केहीबेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सकिनन्।

उनले निर्धारित दूरी १२ दशमलव ९१ सकेण्डमा पूरा गरिन्। नौ खेलाडी सम्मिलित सो समूहमा चौधरी आठौँ भइन्। उनले आफ्नै प्रदर्शनमा समेत सुधार गर्नसकिनन्। यसअघि चौधरीले १०० मिटर दौड पूरा गर्न १२ दशमलव ५५ सकेण्ड खर्चिएको रेकर्ड छ। चौधरीको खेल प्रदर्शनसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको प्रतिस्पर्धा सकिएको छ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए। सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले यसअघि खेलिसकेकी छिन्। चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएकी छिन्। परियारले महिला १० मिटर एयरराइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रिस्टाइल तथा सिंहले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकि थिइन्। पौडीमा शाह र सिंह तथा सुटिङमा परियारले आ–आफ्नो खेलमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *