‘पार्टी एकताका लागि अधिकतम प्रयास गरिन्छ’

डिसी नेपाल
१५ साउन २०७८ २०:४३
100
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने बताएका छन् । खिर खाने कार्यक्रममा आज उाले १० बुँदे सहमतिअनुसार नै पार्टी एकता कायम गर्न अधिकतम लचकता अपनाउने बताए ।

एकता गर्ने नाममा अनिश्चिता नराख्ने उनको भनाइ छ । “देशभरिका नेता कार्यकता, पार्टीका समर्थकले पनि अनन्त, अनिश्चिता राख्नु हुँदैन भन्ने भावना प्रकट गर्नुभएको छ”, उनले भने, “त्यसैले कार्यदल सहमति गरेको १० बुँदे प्रस्तावलाई नै कार्यन्वयन गरेर पार्टी एकता चाँडै गर्नुपर्दछ ।”

महासचिव पोखरेलले पार्टीका शीर्ष नेताको सहमतिमा नै दुवै पक्षको कार्यदलले १० बुँदे सहमति गरेको उल्लेख गर्दै १० बुँदे सहमति कार्यन्वयन गर्ने तदारुकता नदेखिएकाले एकतालाई निष्कर्षमा पुर्‍याउन नसकिएको स्पष्ट पारे । “शुक्रबारसम्म कार्यदलसँग सम्बन्धित सबै साथीलाई पार्टी अध्यक्षले १० बुँदे सहमति कहाँ अडकिएको छ, विचार नमिलेको कुरा ल्याउनुहोस्, ती कुरालाई छलफलबाट सहमति गर्न सकिन्छ भन्नुभएको छ”, उनले भने, “सम्भवत आज बेलुकासम्म केही कुरा होला । त्यो नभएपनि हामी नरोकि अगाडि बढ्छौँ ।”

पार्टीभित्र देखिएका विवाद समाधान गर्नका लागि आफूहरूले अधिकतम लचकता अपनाउने उनको भनाइ छ । अधिकतम लचकता विधि, विधानअनुसार हुने पर्ने बताए । “पार्टीभित्रको देखिएको बिग्रहकारी स्थिति अन्त्य हुनुपर्दछ”, उनले भने, “त्यसको लागि सबै पक्षले भूमिका खेल्नुपर्दछ । पार्टी विधि विधान, पद्दतिअनुसार पार्टी चल्नुपर्दछ । विसं २०७५ जेठ २ गते अगाडिको पार्टी विधानलाई सबैले पालना गर्नुपर्दछ ।” उनले पार्टीको वैधानिकता कायम गर्नका लागि तोकिएको समयमा अधिवेशन सम्पन्न हुने बताए । उनका अनुसार पार्टी महाविधेशन २०७९ वैशाख १० गतेभित्र गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.